केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकार मुलुककै अन्तिम कम्युनिष्ट सरकार:मिनेन्द्र रिजाल

प्रकाशित मिति:

बुटवल /  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकार मुलुककै लागि अन्तिम कम्युनिष्ट सरकार रहेको बताउनु भएको छ ।अहिलेको कम्युनिष्ट सरकार डाईनोसर भन्दा पनि अजंगको भएको बताउँदै उहाँले अव कम्युनिष्ट सरकार पनि डाईनोसर जस्तैगरी लोप भएर जाने दावी गर्नुभयो ।
बुटवल जेसीजको सोमबार बुटवलमा सम्पन्न ४५ औं पदस्थापन समारोहलाई सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै बिधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको दम्भ देखाउनु दुर्भाग्य रहेको बताउनु भयो ।

प्रधानमन्त्री हुनकालागि संसदको सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यबस्था भएपनि संसद सदस्यको रुपमा सपथ नलिँदै प्रधानमन्त्रीको सपथ लिएर संवैधानिक व्यबस्था कुल्चने काम गरेर बिधि र प्रकृया मिच्न सुरुवात गरेको उहाँले आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्री ओलीमा हिटलर प्रबृत्ति हावी हुँदै गएको बताउँदै आफूले भनेभन्दा फरक बाटोमा हिँड्नेलाई सिध्याउने काममा लागेको समेत आरोप लगाउनु भयो