प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

प्रकाशित मिति:

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाइ बधाई दिनुभएको छ । तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कारण नेपाली टोलीलाई उहाँले बधाई दिनुभएको हो ।प्रचण्डले सोमबार एक वक्तव्य जारी गर्दै नेपाली टोलीले ऐतिहासिक जीत प्रति खुसी व्यक्त गर्नुभएको छ । “नेपाललाई पहिलो अन्तर्र्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवं बधाई ज्ञापन गर्दछु ।” उहाँको वक्तव्यमा भनिएको छ ।

अध्यक्ष दाहालले एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकामा बधाई दिनुभएको छ ।