मगर समाज पोर्तुगलले माघे सग्रान्तीको अवसरमा आयोजित विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लिस्बन । मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट आएका कलाकारत्रय जुना श्रीस मगर, बिलन थापा मगर र बिरु लामाले कार्यक्रममा रमाइला रमाइला प्रस्तुति दिएका थिए ।पोर्तुगलमा रहेका कलाकारहरु सुवासचन्द्र पुन मगर, गीता रेउले, किरण दीप, बिनोद मगर र सुरक्षा आले मगरलगायतका कलाकारहरुले पनि कार्यक्रममा आफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, समाजका पूर्व अध्यक्ष नारायणकाजी थापा मगरलगायतले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।औपचारिक कार्यक्रमको अध्यक्षता अध्यक्ष चोपकुमार राना मगर, सञ्चालन समाजका महासचिव कमल पुन र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हुतराज पुन मगरले गरेका थिए । साँस्कृतिक कार्यक्रमको सञ्चालन सचिव तेज गाहा मगरले गरेका थिए ।