सुनचाँदीको भाउ बढ्यो

प्रकाशित मिति:

नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।अन्तराष्ट्रिय बजारमा सुन चाँदीको भाउ बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सोमवार फाइन गोल्ड प्रतितोला २ सय रुपैयाँले बढेर ६१ हजार ४ सय रुपैयाँमा खरिदविक्रि भएको छ ।

तेजावी सुन प्रतितोला २ सय रुपैयाँले बढेर ६१ हजार १ सय रुपैयाँमा कारोवार भएको छ । त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ७० रुपैयाँमा कारोवार भएको छ ।