घाइते बँदेलको उद्धार

१५ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकै घाइते अवस्थामा जंगली बँदेल फेला परेको छ । दिपायल सिलगढी नगरपालिका ५ अन्तरगत दिपायल(सिलगढी सडकको नालीमा भेटिएको बँदेल डिभिजन वन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।स्थानीयले सडकको नालीमा घाइते अवस्थामा रहेको जानकारी दिएपछि डिभिजन बन कार्यालयको टोलीले उद्दार गरि ल्याएको सहायक बन अधिकृत सुरेन्द्र रोकायाले जानकारी दिए ।‘माथिबाट खसेर नालीमा परेको रहेछ, स्थानीयले खबर गर्नु भयो,’ रोकायाले भने, ‘त्यसपछि कार्यालयको टोली गएर उद्दार गरेका छौं ।’

रोकायाले पशु स्वास्थ्यकर्मीहरुसंग उपचारको बिषयमा छलफल भइरहेको जानकारी दिए । उनले थपे ‘पछाडिको दुवै खुट्टा टेक्न सक्ने अवस्थामा छैन, सायद ढाडमा चोट लागेको हुन सक्छ ।’ उपचार पश्चात निको भएपछि जंगलमा छोडिने रोकायाले बताए ।वन डिभिजन कार्यालयको बा १ झ ९८२६ नं। को गाडीमा कार्यालयमा लगिएको छ । माथीबाट दोड्दै आएको बँदेल भिरमा चिप्लेर खसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया