‘सम्हालिन्छ कहिले मन’ को औपचारिक घोषणा

प्रकाशित मिति:

फिल्म ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र नव–अभिनेता सोनम तोप्देन रहने भएका छन् ।निर्देशन सुदर्शन थापाले गर्ने फिल्म ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा आइतबार भएको हो । फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ ।

फिल्मको लागि केहि कलाकार फाइनल हुन बाँकी रहेको फिल्म टिमले जनाए। अभिनेत्री पूजा शर्माले आफूलाई दर्शकले ‘गीत’को क्यारेक्टरमा फेरि हेर्न चाहेका भन्दै यसपटक यो भन्दा पनि विशेष भूमिकामा दर्शकले हेर्न पाउनुहुने बताइन् ।दर्शकको माया र टिमको विश्वासले गर्दा आफू फिल्ममा जोडिएको अभिनेता आकाश श्रेष्ठले बताए । यो फिल्ममा नव–नायक तथा गायक सोनम तोप्देनको गीत पनि समावेस छ । फिल्मको छायाँकन यूके र नेपालमा गरिने भएको छ ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा अभिनेत्री पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको सँगै गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्य लगायत कलाकारहरुको अभिनय रहने छ । फिल्मको छायाँकन ९ फेब्रुअरीबाट सुरु गरिने जानकारी फिल्म निर्मान टोलीले दिए ।