हिट गीत ` आई लव यु ´ पछि गायक कमल के क्षेत्रीले सार्वजनिक गरे गीत ` डबल माया´ .

प्रकाशित मिति:

बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर आफुलाई एक सफल गायकको रूपमा चिनाउन सफल गायक हुन गायक कमल के क्षेत्री । सानै उमेर देखि गीत संगीतमा रुचि राखेका गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरुलाई निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरु दिईसकेका छ्न । उनके आफ्नो साङ्गेतिक जिवनको यात्रा २०५९ साल देखि सुरुवात गरेका हुन र उनले आफ्नो यस यात्रामा पहिलो गीत ञ जलाई दिए हुन्छ झ गाए तर उनले त्यस गीतबाट सोचेको जस्तो सफलता हासिल गर्न सकेन अनि पुन मेहनतका साथ उनले २०६४र६५ सालमा ञ नाचन झ बोलको गीत लिएर दर्शकमाझ आए । आफ्नो लगन र मेहनतको फलस्वरूप उनको यस गीत भने दर्शक श्रोताको मन जिते र संगीत क्षेत्रमा उनले आफुलाई एक चर्चित अनि हिट गीतका गायकको रूपमा पनि चिनाए ।   यहि यात्रा संगै उनि सम्पुर्ण माझ लोकप्रियता कमाए र उनले आफ्नो एकल शब्द ,संगीत अनि गायनमा गीत ञ आई लब यु झ पनि दर्शकमाझ सार्वजनिक गरे । एल्बम ञ आई लब यु झ मा रहेको शिर्ष गीतले नाचन गीत भन्दा अझ बढी दर्शकको साथ पाए र गायक कमल के क्षेत्री अझ लोकप्रिय र चर्चित भए । हुन त उनले यी हिट गीत बाहेक अन्य दर्जनौं गीतहरु गाए र केही गीतहरु सफल पनि । उनको हिट गीतमा अहिलेसम्ममा नाचन , आई लव यु,तिम्रै माया,मेरो माया,पिपल पाते जस्ता अन्य गीतहरु निकै हिट छ्न ।यहि सफल संगीत यात्रामा आफुलाई लोकप्रिय ,चर्चित , सफल गायकको रूपमा चिनाई सकेका गायकले पुन आफ्नो शुभचिन्तकहरुको लागि नया गीत लिएर आएका छ्न । सफल हिट गीतहरुलाई जस्तै दर्शकको माया पाउने आश र बिश्वासले उनले यस गीत सार्वजनिक गरेका हुन । सार्वजनिक यस ञ ड्बल मायाँझ बोलको गीतमा शब्द तथा संगीत भने बिकास पाण्डेको रहेको छ र गीतलाई एरेन्ज बाबु प्रधानले गरेको  छ । बिगत हिट गीतहरुको जस्तै निकै आकर्षण तरिकाले तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई गायक कमल के क्षेत्रीले प्रस्तुत गरेका छन्, भने  भिडियोलाई चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका  छन  । पुरै डान्सिङ विटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माले  निकै आकर्षक अभिनय गरेका छ्न । गीतमा  सुनिल क्षेत्रीकै कोरियोग्राफ रहेको छ भने  शिलन लम्सालले सम्पादन गरेका छ्न ।

https://youtu.be/701vWU3eYZA