नर्भिक स्रोतले भन्छ : पारस शाहको अवस्था गम्भीर छ !

प्रकाशित मिति:

काठमाडौं – हृदयाघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको अवस्था आज पनि स्थिर र गम्भीर रहेको अस्पताल स्राेतले जनाएको छ । पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो । उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ । इसिजी, रगत लगायत धेरै टेस्ट भएका छन्, रिपोर्ट आउन बाँकी छ ।

शाह सोमबार सवा चार बजे नर्भिक अस्पताल भर्ना भएका थिए । उनलाई मेजर हार्टअट्याक भएको नर्भिकले जनाएको छ । शाहलाई यसअघि दुई पटक हृदयाघात भइसकेको थियो ।

एक वर्षयता पारसले मुटु रोगसम्बन्धी औषधी सेवन गरेका थिएनन् । सन् २००८ मा पारसको दायाँ कोरोनरी धमनीमा ब्लकेज भएपछि एन्जिओप्लास्टी गरेर ब्लकेज खोली स्टेन्ट हालिएको थियो।

थाइल्याण्डमा रहँदा पनि सन् २०१३ फेब्रुअरीमा पारसलाई हृदयघात भएको थियो । जुलाई २०१५ मा उनको बायाँतिरको धमनी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) पनि ब्लकेज भएपछि नर्भिक अस्पतालमै भर्ना गरेर खुलाइएको थियो ।