प्रहरी दमनमा गम्भीर घाइते भएकी ने.बि.संघ नेत्री सुजाता कोइरालाको तीन घण्टापछि होश आयो

प्रकाशित मिति:

काठमाडौं – वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा आन्दोलनमा उत्रिएका बेलामा प्रहरीको दमनबाट सख्त घाइते भएकी सुजाता कोइरालाको तीन घण्टापछि होश खुलेको छ ।  सरकारका पछिल्ला गतिविधिप्रति आक्रोशित हुँदै नेपाल विद्यार्थी संघले थालेको आन्दोलनका क्रममा पद्मकन्या बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघले गरेको आन्दोलनमा प्रहरी दमन भएपछि नेविसंघ नेतृ कोइराला सख्त घाइते भएकी थिइन् ।

वेहोश अवस्थामा वीर अस्पतालको ईमर्जेन्सीमा उपचारार्थ उनको तीन घण्टापछि मात्र होश खुलेको हो । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।  नेपाली काँग्रेसको विरोध हुँदाहुँदै नियम मिचेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनु, डा गोविन्द केसीका माग पूरा नगर्नु, निर्मला पन्तका बलात्कारी र हत्यारा ६ महिनासम्म पनि पक्राउ नपर्नु लगायतका विषय उठाएर नेविसंघ आन्दोलनमा छ