गृहमन्त्री ज्यु ! तपाई बादल हो, हामी चट्टान हौँ होसियार हुनुस अध्यक्ष : बस्नेत

प्रकाशित मिति:

बुटवल – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकार असफल भएको भन्दै आपत्ती जनाएका छन् । उनले गृहमन्त्रीलाई अपराधी नखोजे राजिनामा दिनुपर्ने माग गरेका छन् ।

पन्त हत्याकाण्डमा गृहमन्त्रीका छोरालाई समेत अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । गृहमन्त्री थापालाई उनले तपाई बादल भए, तरुणदल चट्टान हो भन्दै जनतालाइ शुरक्षा दिन नसक्े गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताएका हुन् । हैन भने तरुणदलले अर्को बाटो खोजेर सरकार ढाल्नु नपरोस अध्यक्ष बस्नेतले भने !