गोविन्द केसी भेट्न कांग्रेस नेता शिक्षण अस्पताल पुगे !

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी अनशनरत डा. गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका छन् । नेता केसीले मंगलबार बिहान अस्पतालमा पुगेर डा. केसीसँग भेट गरेका हुन् ।भेटका क्रममा नेता केसीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए । डा. केसीको समर्थनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र उसका भातृसंगठन दल देशैभर प्रदर्शन गर्दै आएका छन् ।