दुई हजार ८सय ७ जना सुरक्षाकर्मीलाई सरकारले गर्यो शहीद घोषणा

प्रकाशित मिति:

१५ माघ, काठमाडौं ।

शहिद दिवसको अवसर पारेर कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका दुई हजार ८सय ७ जना सुरक्षाकर्मीहरुलाई सरकारले शहीद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।