​एचआइभी संक्रमित छिमेकीद्वारा ९ वर्षीया बालिका बलात्कृत

प्रकाशित मिति:

भारत – भारतको गुजरात स्थित सूरतमा एक ३५ वर्षका एचआइभी संक्रमित व्यक्तिले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनी पेशाले सिलाइ व्यवसायी हुन् । उनले बालिकालाई ड्रेसको नाप लिने बहानामा बोलाएर बलात्कार गरेका हुन् । आरोपी विवाहित हुन् । उनले आफ्नै छोरीकी साथीलाई बलात्कार गरेका हुन् । घटनालगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको छ ।

अनुसन्धानका क्रममा आरोपी एचआइभी संक्रमित रहेको खुलेको छ। उनका दुई सन्तान पनि छन् । छोरी बलात्कार भएको पीडामा रहेका बुवाआमा बलात्कार गर्ने व्यक्ति एचआइभी संक्रमित भएको खुलेपछि थप विह्वल बनेका छन् ।

आरोपीले बालिकालाई अश्लिल भिडियो देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीपछि पक्राउ गर्न आएको प्रहरी देख्ने बित्तिकै आरोपी भाग्न खोजेका थिए । तर, प्रहरीले पक्राउ गरेलगत्तै उनले आफू एचआइभी संक्रमित रहेको बयान दिएको स्थानीय प्रहरीले जनाएको छ ।