चलचित्र ‘गोपी’ काठमाण्डौमा विशेष प्रदर्शन

प्रकाशित मिति:

माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गोपी’को सोमबार काठमाण्डौमा विशेष शो को आयोजना गरिएको छ ।विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाईपालक कृषक ‘गोपी’को कथा समेटिएको छ । दृढ इच्छाशक्ति र निरन्तरको प्रयासले देशमै राम्रो उद्यम गर्न सकिन्छ भन्ने सन्देश बोकेको फिल्मको विशेष शोमा नेपाली राजनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसँगै विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो ।

फिल्म हेरेकाअधिकांशले फिल्म राम्रो बनेको र फिल्म हेर्दै गर्दा आफू पनि फिल्मको पात्र ‘गोपी’ भएको महसुस गरेको प्रतिक्रिया दिएका थिए ।फिल्म हेरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै छक्का पञ्जा टिमले फिल्म स्थानीय नेपाली कथामा बनेको र यो फिल्म हेर्न नेपाली मन लिएर आउनु पर्ने बताएका थिए ।फिल्म हेरिसकेपछि निर्माता तथा कलाकार दीपकराज गिरीले भने, ‘किसानहरुले गौरव गर्न लायक फिल्म बनेको छ । हामी सबैको जिउमा त्यही फिल्ममा देखाइए जस्तै गोबर गनाउँछ । हामी पनि त्यही पृष्ठभूमिबाट आएका थियौँ । होला फरक कर्ममा छौँ, तर हामी सबै गोपी हौँ’ ।

कलाकार जितु नेपालले नेपाल सरकार कृषि मन्त्रालयले निर्माण गर्नुपर्ने खालको फिल्म निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषि मन्त्रालयले अन्तर्गत विशेष फिल्म घोषणा गर्नुपर्ने बताए ।संगीतकार अर्जुन पोखरेलले फिल्म हेरिसकेपछि आफ्नोसंगीतकर्ममा लागेको आफूले संगीतपालन गरेको र आफू संगीतको गोपी रहेको उनले बताए ।फिल्मका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपा प्रतिक्रिया दिँदै भने फिल्मले बोकेको स्वरोजगार र नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देशले आफ्नो मन छोएको बताए । ली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

उनले भने, ‘राजनीतीगर्ने व्यक्तिहरुलाई समेत फिल्मले प्रेरित गर्छ । जुन साहस बोकेर यो फिल्मनिर्माण भएको छ त्यसको कदर गर्नुपर्छ ।’नेपाल कृषिप्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्मनिर्माण हुनु गौरवको कुरा रहेको बताएका थिए । सरकारी तवरबाट फिल्मको लागि केहीगर्न सकिने धारणा उनको थियो ।त्यस्तै फिल्मको ’गोपी’ जस्तै आफू पनि गाई पालन गर्दै आएको अनुभव साट्दै पुर्व सञ्चार मन्त्रीमोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागि नेपालीहरु पलायन भइरहेको अवस्थामा नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेश फिल्मले बोकेको र त्यो जमातलाई यो फिल्म देखाउन सकिएफिल्मको उदेश्य पुरा हुने विश्वास व्यक्त गर्नुभएको थियो ।असफलता नै सफलताको कडी हो भन्ने सन्देश फिल्ममा रहेको उनको भनाई थियो । नेत्री नविना लामाले सम्भावनाको खोजी गर्नसके नेपालमै बसेर आर्थिक रुपमा सवल बन्न सकिने सन्देश फिल्मले बोकेको बताइन् ।आर्थिक रुपमा सवल बन्नका लागि विदेश नै धाउनु पर्छ भन्ने सोच बोकेका युवाहरुका लागि गोपी एउटा राम्रो सन्देश बन्नसक्ने विश्वास उनको थियो ।