प्रधानमन्त्री निवासबाहिर नेविसंघको प्रदर्शन, ३० जना नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।