एकदिवसीय वरियतामा नेपाल, कसरी पुग्यो १० खेल ?

प्रकाशित मिति:

काठमाडौं – युएईसँगको एकदिवसीय क्रिकेट सिरिज जितेको नेपाली टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० को एकदिवसीय वरियतामा समावेश भएको छ । नेपाल वरियताको १५ औँ स्थानमा छ । ०७४ साल चैतमा एकदिवसीय मान्यता पाएको नेपाल वरियतामा समावेश हुने खेल संख्या नपुगेका कारण रोकिएको थियो । एकदिवसीय वरियतामा नेपाली खेलाडी भने यसअघि नै समावेश हुँदै आएका थिए ।

वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ । दोस्रोमा भारत र तेस्रोमा न्यूजील्याण्ड छन् । त्यस्तै दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अष्ट्रेलिया छैटौँ, बङ्गलादेश सातौँ, श्रीलंका आठौँ, वेष्टइन्डिज नवौँ, अफगानिस्तान १० औँ, जिम्बावे ११ औँ, आयरल्याण्ड १२ औँ र स्कटल्याण्ड १३ औँ साथै युएई १४ औँ स्थानमा छन् । आईसीसीले गएको जुन १ देखि नै लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई उदाउँदा टिमको रुपमा वरियतामा राख्ने निर्णय गरेको थियो । यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले टेस्ट मान्यता प्राप्त शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको हो ।

तर आवश्यक ६ खेल नपुगेका कारण नेपाल र नेदरल्याण्ड्स वरियतामा समावेश भएका थिएनन् । नेदरल्याण्ड्सको भने खेल संख्या अझै पुगेको छैन । नेदरल्याण्ड्सले २०१७ मा सकिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एशोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका थिए ।