धन र मन कस्ता वस्तु हुन् ? जान्नुहोस् !

प्रकाशित मिति:

चला लक्ष्मीश्चलाः प्राणाश्चले जीवितमन्दिरे ।
चलाचले च संसारे धर्म एको हि निश्चलः ।। – चाणक्य

धन सदा चलायमान हुन्छ यसैगरी मान्छेको मन पनि निरन्तर चलायमान नै भइरहन्छ । धन र मन दुवै नाशवान छन् । अविनाशी र निश्चल तत्त्व त धर्म नै हो ।

संसारमा हरेक कुरा चलायमान छन् । विशेषतः धन र मनलाई चाणक्यले विशेष चलायमान वस्तुका रूपमा चित्रण गरेका छन् । धन कसैसँग पनि स्थिर रहन सक्दैन । किनकि धनको गुण नै चलायमान रहनु हो । जो अनित्य अर्थात् नाशवान पनि छ । यसैगरी मन पनि सदा चञ्चल नै भइरहन्छ । जो पनि नाशवान छ । नित्य र अविनाशी वस्तु भनेको धर्म नै हो । धर्मलाई यहाँ आत्मासँग तुलना गरिएको छ । त्यसैले धन र मनको भन्दा पनि नित्य आत्मरूपी धर्मको चिन्तन गर्नुपर्छ भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –