शान्तिप्रक्रियामा चलखेल सह्य हुँदैन : प्रधानमन्त्री ओली

१५ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियामा चलखेल सह्य नहुने बताएका छन् । मुलुकमा शान्तिप्रक्रिया टुंगिने अवस्थामा पुगेकाले यसमा अवरोध गर्नु उपयुक्त नभएको उनले बताए । १८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा मंगलवार सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चलखेल नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आइसकेको र शान्तिप्रक्रियाका अधिकांश काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त नभएको बताए ।

‘हिजोका घाउचोटलाई बल्झाउने प्रयास भएका छन् । हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हिजोका क्षति सम्झाएर थप क्षति गर्नेतिर लाग्नु हुँदैन । यस्ता तत्वको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्दछ । किनभने सबै नेपालीको साझा आकांक्षा शान्ति हो ।’

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा शान्तिप्रक्रियालाई बल्झाउन खोज्नेबारे सरकार जानकानर रहेको बताए । ‘हामी राजनीतिको कठोर यात्रा पार गरेर यहाँसम्म आइपुगेका छौं । अब पछाडि फर्कने कुरा हुन सक्दैन । देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्,’ उनले भने । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई अघि बढाउने कार्यभार लिएको बताए । ‘सरकार देशमा सुशासन र समृद्धि ल्याउन हरतरहले प्रयत्नशील छ । यसमा सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारले शून्य भ्रष्टाचारको नीति अवलम्बन गरेको दोहोर्याए । भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगलाई पनि चनाखो हुन प्रधानमन्त्रीले आग्रह गरे । ‘शान्तिसुरक्षा र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका निकायले गैरकानूनी दोहन गर्ने कुरा उपयुक्त हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सबै जना सजग हुनुपर्दछ ।’ प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले छोटो समयमा नै असाधारण प्रगति गरेकोमा प्रशंसा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा