नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ

प्रकाशित मिति:

काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना७ख ५११३ नम्बरको बस जाँचकाक्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भ्लोनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

सवारी जाँचकाक्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।