दाईले गोली चलाउदा बहिनी घाईते

१५ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


डडेल्धुरा – नवदुर्गा गाउँपालिका–५ बस्ने १० वर्षीया आरतीकुमारी बिक भरूवा बन्दुक पडकिदाँ गोली लागेर घाइते भएकी छन् । आफ्नै घरमा खेलिरहेको अवस्थामा उनका दाई १५ वर्षीय कुलदिप बिकले भरुवा बन्दुक खेलाउने क्रममा अचानक पड्कन गई गोली लागेर घाइते भएकी आरतीलाई उचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएको छ ।
साथै उक्त स्थानमा प्रहरी चौकी बेलापुरबाट प्रहरी टोली खटि गई कुलदिप बिक र सोही ठाउँ बस्ने २८ वर्षीय दिपक ऐरलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । उक्त बन्दुक दिपक ऐर र सोही ठाउँ बस्ने २९ वर्षीय मोहन्तबहादुर साउदले राखेको अनुसन्धानबाट खुल्न आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया