नेपाली काँग्रेसले रुपन्देहीले माघ २१ भैरहवामा विरोध सभा गर्ने , गोविन्द के.सीका माग देखी गाडी खरिद प्रकरण सम्मको भण्डाखोर गर्ने !

प्रकाशित मिति:

बुटवल – नेपाली काँग्रेस रुपन्देहीले माघ २१ गते भैरहवामा विशाल विरोध सभाको तयारी गरेको छ ।केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार देशभरका ७७ वटा जिल्ला हुने विरोध सभामा केन्द्रले तोकेका ५ वटा मुद्धा र स्थानीय ४ वटा मुद्धा गरी ९ वटा मुद्धालाई लिएर भैरहवामा बिरोध सभा गर्ने तयारी नेपाली काँग्रेस रुपन्देहीले गरेको छ । पार्टी जिल्ला कार्यसमितिको बैठकले बिरोध सभालाई भव्य बनाउनको लागि क्षेत्रीय समिति,नगर, बार्ड तह सम्म र भातृ सघ ,संस्था सवैलाई परिचालन गर्ने निर्णय गरेको हो ।

हिजो सोमबार भैरहवामा बसेको जिल्ला कार्य समितिको बैठकले केन्द्र पठाएका ५ वटा मुद्धा र स्थानीय ४ वटा मुद्धाहरु लिएर बिरोध सभा गर्ने निर्णय गरेको जिल्ला सचिव रामकृण्ण खाँणले जानकारी दिनुभयो ।
डा.गोविन्द के सी मागहरु जवरर्जस्त रुपमा ससंदमा पास गराएको, संवैधानिक आयोगमा प्रतिपक्षको उपस्थीति विना एकलौटी रुपमा बिभिन्न आयोगहरु नियुक्ति गरेको, सरकारले नेपाली काँग्रेस नेताहरु गिरिजा प्रसाद र शुसील कोईरालको नाममा रहेका अस्पताल खारेज गरेको, निर्मला पन्तको दोषीलाई प्रकाउ गर्न नसकेको, भ्रष्टाचार र मगही रोक्न सरकार असफल रहेकाले बिरोधमा सभा गर्न लागिएको सचिव खाँणले बताउनुभयो ।
यस्तै रुपन्देही जिल्लामा किसानहरुलाई मलखाद व्यावस्थापन गर्न सरकारले नसकेको, गौतमबुद्ध विमानस्थलमा जग्गा अधिग्रहण गर्दा अझै केही किसानहरुले मुआव्जा नपाएको,पाँच नम्बर प्रदेशको नामकरण र स्थाई राजधानी तोक्न ढिलाई गरेको, प्रदेशसभामा गाडी खरिद गर्दा अनियताको आषका देखीएको तत्काल गम्भिर रुपमा छानविन गरी राज्यको एक रुपँया पनि दुरुपयोग गर्न नहुने,यस्तै रुपन्देहीमा नदिजन्य पदार्थको चोरी निकासी बृद्धि भएकोले त्यसलाई व्यावस्थीत गरि उपभोत्तालाई सहज रुपमा पाउने व्यावस्थाको माग आगाडी सार्दे बिरोध सभा गर्ने निर्णय पार्टिले गरेको हो ।
जिल्ला सभापती अब्दुल रज्जाकको सभापत्विमा वसेको बैठले भैरहवाको बर्मोली टोलबाट विरोध याली शुरु गर्ने र मिलनचोक पुगरे बिरोध सभा गर्ने छ । सभालाई केन्द्रीय नेताहरु सम्वोधन गर्ने छन् । सभा सम्पुर्ण जिल्लाबासीहरु उपस्थीतीको लागि पार्टीले आग्रह गरेको छ ।