गुणस्तर सुधार गर्न गैडहवामा मासु पसल अनुगमन

प्रकाशित मिति:

नरेश चौधरी  सैनामैना/ रुपन्देहीको गैडहवा गाउँपालिकाको जोगडा सप्ताहिक बजारमा आज मंगलबार मासु पसलको अनुगमन गरिएको छ । जोगडा बजारमा अधिकांश मासु पसलहरु अव्यवस्थित बनेकोले सरसफाई तथा गुणस्तरमा सुधार गराउनका लागि भन्दै गाउँपालिकाले जोगडा बजारको अनुमगन गरिएको हो । मासु पसलमा सुधार ल्याउन र गुणस्तरीय मासु विक्रि गराउने उद्देश्यले गैडहवा गाँउपालिकाको जोगडा बजारमा रहेका मासु पसलहरुको अभियानकै रुपमा अनुगमन गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनु भयो ।साप्ताहिक बाजारमा साना साना मासु पसलहरु राखेर मासु बेच्दै आएका ब्यापारिहरुले, मापदण्ड विपरित खुल्ला स्थानबाट मासु विक्री गर्ने गरेको र मासु पसलसंगै फोहोर जथाभावि फाल्ने गरेको गुनासो बढ्ना थालेपाछि अनुगमन तिब्र बनाईएको अध्यक्ष केवटले बताउनु भयो ।

बाढ्दो जनसंख्या संगै बजारमा भिडभाड बढेको र किनमेल तथा बस्तिहरुलाई मध्यनजर गर्दै मसु पसलहरुलाई ब्यवास्थित गरिने समेत उहांले बताउनु भयो । गैडहवा गाउपालिकाकी उपाध्यक्ष सुभावती यादबले ब्यवासयीहरुले सरसफाई संग संगै आफ्नो ब्यवासय मात्र नहेरी ग्राहकहरुको स्वास्थ्यलाई पनि ध्यान दिन ब्यवासयीहरुलाई अनुरोध गर्नु भयो । गैडहवा गाउपालिकामा लाग्दै आएको प्रत्येयक सप्ताहिक बजारहरुमा बेच्ने मासु न्युनतम मापदण्ड समेत पुरा नगरी व्यवासय गरिरहेको पाइएको छ । र सरसफाई समेत नगरेको पाईएको छ । पहिलो पटक चेतावनी दिएका छौं । पछि अनुगमनमा अन्यथा भएको पाईएमा कानुन अनुसार कार्यवाही हुने गैडहवा गाउंपालिकाका प्रसशाकिय अधिकृत टुकराज पाण्डेले जानकारी दिनु भयो ।

गाउपालिकाका अध्यक्ष बच्चु लाल केवट , गाउँपालिकाकी उपाध्यक्ष सुभवाती यादब, प्रसशाकिय अधिकृत टुकराज पाण्डे, पशु विकास शाखाका शाखा अधिकृत डबल भण्डारी, पत्रकार, गरेका थिए । साथै सोही अवसरमा कुखुरा, खसि, माछा ब्यवासयीहरुलाई २५ थान फोहोर जम्मा गर्ने भाडा ९डस्विन वितरण गरिएको थियो ।