श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिति:

श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो ।३७ वर्षीया श्रीमतीले श्रीमान्ले आफूलाई जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही अनुसार ४१ वर्षिया श्रीमान्लाई प्रहरीले पक्राउ गरेको थियो ।

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।