नेपाली युवा उदयले विकास गरे एलेक्सामा नेपाली अनुवादक

प्रकाशित मिति:

काठमाडौं – एक नेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्नसक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् ।  एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्छन् ।

एमजनको यो उत्पादनले मानिसको आवाज सुनेर त्यसको उत्तर पनि दिन सक्छ । यो प्रविधि विकास भएसँगै एलेक्साका नेपाली प्रयोगकर्तालाई सहयोग पुग्ने विश्वास छ । आईटीमा राम्रो ज्ञान भएका शिवाकोटी हाल इंगल्याण्डमा रहेर सरकारी कार्यालयमा आइटी अफिसरका रुपमा काम गर्छन् । शिवाकोटी दुई दशकदेखि आइटी क्षेत्रमा कार्यरत छन् ।

अमेजनको भर्चुअल एसिस्टेन्ट एलेक्साले मानिससँग आवाज सुनेर प्रतिक्रिया दिन सक्छ । यसको प्रयोग गरी मानिसले आफ्नो अर्डरको माध्यमबाट गीत सुन्ने, आफ्नो योजना बनाउने, अलार्म राख्ने, मौसम, ट्राफिक, खेललगायतको जानकारी लिने, समाचार सुन्नेजस्ता सेवा लिन  सकिन्छ ।  अहिले एलेक्साको यो हाहेम स्पिकर्सले अंग्रेजी, फ्रेन्च, इटालीयन, स्पेनिस र जापानी भाषा मात्र बुझ्छ ।