क्यान्सरबारे जनचेतना फेलाउन मोटरसाइकल र्‍याली आयोजना

प्रकाशित मिति:

काठमाडौं –क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफलपार्नका लागि आगामी शुक्रबार काठमाडौं– पोखरा मोटर र्‍यालीको आयोजना गरिने भएको छ ।  नेपाल अर्बुद रोग निवारण संस्था र काठमाडौं गेष्टहाउस फाउण्डेशनद्वारा संयुक्तरुपमा आयोजना गर्न लागिएको सो कार्यक्रममा काठमाडौंबाट जनचेतना अभिवृद्धिसम्बन्धी ब्यानरसहित मोटर र्‍याली २०० किलोमिटरको दूरी पूरा गरी पोखराको सारङकोट पुगेर समापन हुने र विजयीलाई पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष दिवाकर कर्णिकारले बताए ।

यस र्‍यालीले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनुका साथै क्यान्सर रोगको समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य रहेको अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।