वास्तविक शहीदको अपमान भयो – शहीद परिवार

१६ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
2 Shares


परासी –देशका लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् ।  जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले वास्तविक शहीदको अपमान भएको उनीहरूको गुनासो छ । शहीद दिवसका अवसरमा पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित जनआन्दोलन २०६२÷०६३ का शहीद विष्णु पाण्डेको शालिकमा आज बिहान माल्यापर्ण गर्दै शहीद पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले शहीदको अपमान नगर्न सरकारलाई आग्रह गरिन् ।

राणाशासन र राजतन्त्रको अन्त्य गर्न वीर शहीदले दिएको बलिदानीका कारण आज मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि शहीदको रगतको पनि सम्मान हुन नसकेको उनको गुनासो छ ।

उनी भन्छिन्, “पछिल्ला केही वर्षदेखि दुर्घटनामा ज्यान गुमाउने, चोरीडकैती गर्दा ज्यान गुमाएकालाई पनि शहीद घोषणा गरिएको छ, दलहरुले आफ्नो कार्यकर्तालाई भागबण्डा लगाएर दलीय हिसाबले शहीद घोषणा गरिरहेका छन्, यसको म घोर भर्त्सना गर्दछु ।”  देश र जनताका लागि आफ्नो जीउज्यानको पनि माया नगरी हाँसीहाँसी शहादत प्राप्त गर्ने व्यक्तिलाई मात्र शहीद घोषणा गर्ने प्रावधान राख्न उनको सुझाव थियो । शहीदको बलिदानीका कारण प्राप्त गणतन्त्रात्मक शासनमा शहीदलाई सम्मान गर्नुका सट्टा आजको दिनमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गरिएकोमा शहीद पाण्डेका दाजु लक्ष्मी पाण्डेले आपत्ति जनाए ।

“नेताहरू देशको ढुकुटी रित्ताउने गरी सत्ता लिप्सामा केन्द्रित हुने तर शहीदका परिवारको दैनिकीको अवस्थाप्रति कति पनि जिम्मेवार नहुने प्रवृत्तिले हामीलाई दुःखी बनाएको छ । वर्तमान सरकारले यस्ता विकृति हटाउने छ भन्ने हामी शहीद परिवारले आशा लिएका छौँ”, उनले भने ।  शहीद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु
  • समता स्कुलको ६औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न
  • महिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जान हुन्छ कि हुँदैन…
  • ३ करोड भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख बिरुद्ध मुद्दा दायर