संसद बैठक चलाउन सहमतिको कसरत गर्दै सभामुख

प्रकाशित मिति:

काठमाडौं – अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्ने विषयलाई लिएर सभामुख कृष्णबहादुर महराले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधवार दिउँसो १ बजे संसद सचिवालय सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा कार्यव्यवस्थाको बैठक बोलाइएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बलजफ्ती पारित गरेको भन्दै रुष्ट भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा संघर्ष गर्ने चेतावनी दिएको छ । यसअघि आफ्नो नेताका नामका अस्पताल केन्द्र सरकार मातहत ल्याउनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।

सरकारले कांग्रेसको माग अनुसार नेताको नाम जोडिएका अस्पताल केन्द्र सरकार मातहत ल्याउने निर्णय गरेपछि कांग्रेसमाथि सदन अवरोध हटाउन दबाब परेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बिहीवारका लागि बोलाइएको छ ।