भागेर अष्ट्रेलिया पुगेकी लक्की शेर्पा नेपाल फर्किइन्

प्रकाशित मिति:

काठमाडौं – मानव तस्करीको गम्भीर आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल आएकी छिन् । तीन सातासम्म राजदूत निवासमा बसेकी उनले राजदूतको रुपमा काम भने गरिनन् । अनौपचारिक भेटवार्ताहरु भने गरिन् । त्यसक्रममा उनले आफू निर्दोष भएको तर, आफूलाई फसाउन ठूलो गिरोह लागेको दाबी गरेकी थिइन् ।

फर्किने बेलामा उनले दूतावासका कर्मचारीहरुलाई आफू अब नफर्कने भन्दै विदा मागेकी छिन् । अब उनले राजीनामा दिन्छिन् वा दिन्नन भन्ने विषय हेर्न बाँकी छ । उनले राजीनामा नदिएको खण्डमा सरकारले बर्खास्त गर्नै योजना बनाएको छ । आफ्नै चालक वाङछु शेर्पाले आफूलाई जागिर दिएबापत मोटो रकम लिएको तथा राजदूत शेर्पाले मानव तस्करी गर्ने गरेको संगीन आरोप लगाएपछि उनलाई सरकारले गत महिना सोधपुछका लागि नेपाल बोलाएको थियो ।

राजदूत शेर्पासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागीले बयान लिएका थिए । त्यस क्रममा उनले आरोप अस्वीकार गरे पनि मन्त्री ज्ञवाली र सचिव बैरागी उनको जवाफबाट सन्तुष्ट हुन सकेनन् । ज्वालीको रिपोर्टिङको आधारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्खास्त गर्ने निर्णयमा पुगेका थिए । बीचमा लक्ककीले रातारात राजनीतिक चलखेल गरेर बर्खास्त नगर्ने वातावरण बनाइन् । राजीनामा दिने सर्तमा बर्खास्त नगर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड सहमत भएका छन् । तरा उनी राजीनामा दिनुको साटो भागेर सिड्नी पुगेकी थिइन् ।