काँग्रेसले आन्दोलन नरोक्ने

माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन ६ मुद्दामा केन्द्रीत रहने काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति:

काठमाडौं 

नेपाली काँग्रेसले सरकार विरुद्ध आन्दोलन नरोक्ने बरु आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । बुधबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी काँग्रेसको पूर्व निर्धारित आन्दोलनका कार्यक्रमहरु स्थगित नहुने बताएका छन् ।

काँग्रेस केन्द्रीय समिति बैठकको गत आईतबारको निर्णययानुसार गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना समेत गरेको थियो । माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन ६ मुद्दामा केन्द्रीत रहने काँग्रेसले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काँग्रेसको मूल मागको रुपमा रहेको पूर्व २ सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र सरकार मातहत राख्ने निर्णय पनि काँग्रेसको आन्दोलन के हुन्छ रु भन्ने विषयमा जिज्ञासा भईरहको बेलामा काँग्रेसले पत्रकार सम्मेलन गरी आन्दोलन नरोकिने बरु झन् चर्किने बताएका हुन् ।

उनले अबको यो आन्दोलन भ्रष्टाचार विरुद्ध, संघीयताको संविधानमा उल्लेख भएबमोजिमको कार्यान्वयन, डा। गोविन्द केसीको माग सम्बोधन र संसदीय सर्वोच्चताको विषयमा केन्द्रीत हुने बताएका छन् ।