निर्मला पन्त र रुपमति दासको बलात्कारपछि हत्या विरोधमा काँग्रेसले आन्दोलन गर्ने

प्रकाशित मिति:

काठमाडौं – नेपाली काँग्रेसले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र मोरङ सिरिया खोलामा भेटिएकी रुपमति दासको हत्या विरोधमा आन्दोलन चर्काउने भएको छ । बुधबार काँग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशभर हत्या र बलात्कारका घटनाहरु बढ्दै गएको भन्दै यस विषयमा सरकार गैर जिम्मेवार र अपराधी पत्ता लगाउने भन्दा पनि जोगाउने तर्फ लागेको आरोप समेत लगाए ।

गत आईतबार बसेको केन्द्रीय समिति बैठकले आगामी माघ २१ गते ७७ वटै जिल्लामा गर्ने तयारी भईरहेको आन्दोलन यी दुई बलात्कार पछि हत्या भएको घटनाको विषयमा समेत हुने बताएका छन् ।  गत शनिबारदेखि बेपत्ता रहेकी मोरङकी ११ वर्षीय गुडिया भनिने रुपमति दासको विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा बलात्कार पछि हत्या गरिएको अवस्थामा पत्ता लागेको थियो । दासलाई सो खोलामा निवश्त्र अवस्थामा बालिकालाई हत्या गरेर फालिएको भेटिएको थियो ।

त्यस्तै, काँग्रेसले सरकारको बलजफ्ती र सभामुखको विवादास्पद भूमिका निर्वाह गरी चिकित्सा शिक्षा विधेयक पारित गरिएको र अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि अहिलेसम्म सरकारले विवादास्पद अभिव्यक्ति दिने र उनको सत्याग्रहलाई बेवास्था गरिएको विषयलाई नै मुलतः आन्दोलनको विषय बनाइने उल्लेख गरेको छ ।  अर्काे तर्फ संविधानको धारा २८४ को व्यवस्था विपरित प्रतिपक्षी दलको नेताको अनुपस्थितीमा संवैधानिक परिषदको बैठकले गरेको निर्णयको विरोधमा पनि आन्दोलन गरिने नेता शर्माले बताएका छन् ।

काँग्रेस केन्द्रीय समिति बैठकको गत आईतबारको निर्णययानुसार गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना समेत गरेको थियो । माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन ६ मुद्दामा केन्द्रीत रहने काँग्रेसले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काँग्रेसको मूल मागको रुपमा रहेको पूर्व २ सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र सरकार मातहत राख्ने निर्णय पनि काँग्रेसको आन्दोलन के हुन्छ रु भन्ने विषयमा जिज्ञासा भईरहको बेलामा काँग्रेसले पत्रकार सम्मेलन गरी यदि त्या सच्चाईएको हो भने झनै सरकार विरुद्धको आन्दोलन चर्काउने बताएका छन् । उनले अबको यो आन्दोलन भ्रष्टाचार विरुद्ध, संघीयताको संविधानमा उल्लेख भएबमोजिमको कार्यान्वयन, डा। गोविन्द केसीको माग सम्बोधन र संसदीय सर्वोच्चताको विषयमा केन्द्रीत हुने बताएका छन् ।