गफले मात्र शहीदको सपना पुरा हुदैन

हुदैन बिहान मिरमिरेमा तारा झरेर नगए

प्रकाशित मिति:

—अर्जुन ज्ञवाली

हुदैन बिहान मिरमिरेमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।।
कवि भुपी शेरचनद्वारा रचित कविताबाट यो आलेख शुरु गर्न चाहन्छु । बास्तबमा यो चर्चित कविता कवि भुपी शेरेचनको मात्र रहेन अब, यो सबै नेपालीको सम्पत्ति भैसकेको छ । एक प्रकारले शहिदको पर्यावाची बनिसकेको छ । किन्तु नेपाली जनताको सपना साकार पार्ने र्मिरमिरे बिहानी आएपनि बिहानीको आकाशमा कालो बादल अझै हट्न सकेको छैन । बादल नहटेकोले जनताको आङमा अझै घाम लाग्न सकेको छैन । अझैपनि जनतामा प्रयाप्त उमंग, उत्साह र सुखी आएको छैन । अझै पनि उही समस्याको भुमरीमा घुमीरहेको छ मुलुकको जिवन । समय फरक छ । पात्र फरक छन । प्रबृती पनि फरक होला । पहिचान पनि फरक होला । तर आम देश र जनताको दैनिकीमा खासै फेरबदल आएको छैन । मुलुक भित्र खुसीसाथ रमाउने स्थीती अझै बनेको छैन । अझैपनि मुलुकमा केही गर्न सकिएन भनेर लर्को लागेर रोजीरोटीको मुग्लान पस्नेहरुको लामै लर्को छ । मंहगी ब्याप्त छ । औषधी उपचार महंगो छ । शिक्षा महंगो छ । सामान्य पेशा र जागिरले जिउन निकै कठिन छ । बडो अलमल छ । अगाडी यात्रा अझै पनि दलदल नै छ ।

मुलुकमा धेरै पटक संविधान बने र च्यातिए पनि । अहिले बिभिन्न सघर्षका बावजुत संविधान जन्मेको छ । भर्खर दुइतिन बर्ष तोतेबालक जस्तै छ नयाँ संबिधान । नयाँ संबिधान जन्मीदा कतिपयलाइ मन परेको पनि थिएन उबेला घर भित्र र घर बाहिर छिमेकमा पनि । चाहे जे होस समय अगाडी बढीसकेको छ । नेपाली माटो अनुकूलको जगतको भलो गर्न सक्ने सन्तानको रुपमा संविधानको वृद्धि बिकास र पालन पोषण गर्ने सबैको उत्तरदायित्व रहन्छ । संविधानलाई असल गराउनु, सफल गराउनु आजको टड्कारो आवस्यक हो । देशकाल, काल, परिस्थिति तथा सबै नेपाली मनका , नेपाली जनका आवाजहरु, भावनाहरु संविधानमा समेट्नुु जरुरी छ । यो क्रमीक रुपमा जानु पर्छ । यो हामी सबैले भन्दै आएका छौ ।

प्रत्येक बर्ष माघ १६ गतेलाइ सहिद दिबसको रुपमा मनाउदै आएको छौ । देश र राष्ट लागी हासी हासी आफ्नो जिवन को आहुती दिने ति महान सपुत नै सहिद हुन । तर जुन आकांक्षा साथ, जुन सपनाको साथ महान सहिदले जिबन उत्सर्ग गरे के साच्ची कै पुरा भएको छ त ? बास्तवमा एउटा आधुनिक समाज निमार्ण लागी, एउटा स्वतन्त्र र पुर्ण प्रजातान्त्रीक मुलुक निमार्णको लागी जसरी सहिदले क्रान्तीको बिगुल फुके, निरकुंस शासान प्रणालीको समुल अन्त्यलागी शखंघोष गरे, त्यो मुताबिक के अहिले राज्यब्यबस्था परिवर्तन भएको छ ? वा राज्यले जनतालाइ सन्तुष्ट र प्रफुल्ल बनाएको छ ? प्रश्न गम्भिर छ । शासन सन्चालकका टाउकाहरु परिबर्तन हुनु मात्र, के जनताले चाहेको परिबतर्न हो ?
बि.स.१९३३ मा निरकुंस राणा शाशन ब्यबस्थाको बिरुद्ध लखन थापाले बिद्रोह गर्दा गोरखाको मनकामना मन्दिर अगाडी झुन्डाएर हत्या गरिएको थियो । यो शृङ्गखला आजसम्म एक प्रकारले जारी छ । खास गरेर जहानिया निरनकुंस शासन प्रणालीको जन्जीरलाइ ध्वस्त पारी जनताले इच्चाइएको शासन प्रणाली निमार्ण अभियानको अग्रमोर्चा रहेका बिर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दसरथचन्द ठाकुर र गगांलाल श्रेष्ठलाई बि. स. १९९७ माघ १० गते देखि माघ १५ गते सम्म झन्ुडाएर र गोली ठोकेर निमर्म हत्या गरियो । बास्तबमा उनीहरुको भौतिक शरीरको हत्या गरीए पनि उनीहरुको बिचार अम्मर थियो । बिचारको हत्या कदाबि हुन सक्दैनथियो । र भएन पनि ।

हासीहासी फासी र गोली खाएर आप्नो जिबन उत्सग गरे, जुन चाहानाका साथ आफ्नो जिबनको आहुती दिए त्यो जनतामा अमिट र अध्याबधीक रहे पनि, शासन ब्यबस्थाको परिधी भित्र अझै छिर्न सकेको छैन । शहिदको रगतमा टेकेर राजनैतिक दलका नेता सत्तामा पुगे पनि जनतालाइ फेरी पनि दोस्रो दर्जा राखिरहे । जनताको इच्छा अकाक्षां पुरा गर्ने भन्दा पनि आफ्नो र आफ्ना नातागोताका इच्छा आकाक्षां पुरा गर्न तल्लिन रहे । आखिर के फरक रह्यो र जहानिया राणा शासक र अहीलेका शासकहरुमा ? राणाहरु पनि आफ्ना परिबार नातागोतालाइ पहिलो प्राथमिकतामा राख्थे, अहिलेका नेताहरुमा पनि त्यही प्रबृती छ । यसको अन्त नभएसम्म सही रुपका जनताको हितमा काम गरेको कदापी हुने छैन । कतिपय समयमा सहिदको नाम बदनाम गरिदै छ । सडक दुर्घटना परेकालाइ सहिद घोषणा गर्नु पर्छ भनिदैछ । गुण्डागर्दी मरेकालाइ सहिदको पगेरी गुथाउनुपर्छ भनिदै छ । कतिपय घरझगडा, साथिभाइको झगडामा मरेकालाइ सहिद घोषाण गर्न माग गरिदै छ । यो सहिदहरु प्रति गरेको घोर अपमान हो ।

हिजो सहिदले राणाहरुको अन्त्य मात्र होइन । राणाका जस्ता सबैसबै प्रबृतीको समुल अन्त्य चाहेका हुन । तर २००७ सालमा १०४ बर्षे निरन्कुस राणाको अन्त्य भए पनि त्यो प्रबृती शाही राजाहरुमा सर्यो, ३० बर्ष पच्चायी हुकुम शाासन चलाए । जनताको बैधानीक सभाको निबार्चन गरी सोही सभाले बनाएको सबिधानले राज्य सन्चालन गर्ने भनिएपनि तत्कालीन राजाले सबिधान सभाको निर्बाचन नगराइ बल्लतल्न २०१५ सालमा संसदिय चुनाब गरे । तर त्यही ससंद र जन निर्बा्चित सरकारलाइ राजा महेन्द्रले अपदस्त गरी शासन सत्ताको बाधडोर आफै समाले र राणाको हुकुमी शासन अन्तयको १० बर्ष मै फेरी राजाको हुकुमी शुरु भयो । यसरी ३० बर्षसम्म राजाको एक छत्र हुकुमी शासन चलिरहे मुलुकमा । तर राजा महेन्द्रले प्रजातन्त्रलाई निमुठे पनि सहिदले हालेको प्रजातन्त्रको जग भने जनताबाट डगमगाएन, बरु अझै तिब्र रुपमा बढदै गयो । अन्ततः २०४६ सालमा प्रजातत्त्र पुर्नबहाली भो । जनताको हात सासन आयो तर फेरी पनि जनताका लागी भएन सही अर्थमा जनताले जनता प्रती उत्तरदायी भएको शासन प्रणाली अनुभुती नै गर्न पाएनन । पृविती उस्तै रह्यो । जनताको नाममा शासनको डाडु आफना नातागोतालाइ मात्र भयो । यो बिकृतीको बिचमा राजा ज्ञानेन्द्र आफ्ना पिताजी कै महेन्द्र पथमा ग, राजनैतिक दलको सरकार अपदस्त गरी हुकुमी शासन चलाउन थाले । तर जनता कहिल्यौ बिचलीत भएनन किनकी जनतामा सहिदले हालेको प्रजातन्त्रको अटुट आस्था अविचलित थियो । बास्तवमा प्रजातात्त्रीक बिचार, मुल्य मान्यता र परिपाटीको जगको पादुभाब ति महान चार सहिदले गरेका थिए आफ्नो प्राणको बलिदानी दिएर । त्यसैले त फेरी जनता जुरमुराए र सदाका लागी जहानिया शाही राजा शासनका पनि अन्त्य भयो ।

यसरी राणा र राजाका दुइ बटा निरन्कुस शासन अन्त्य भए । राणा शासनको अन्त्य पछि गर्ने भनिएको बिधान बनाउने बिधान सभा अर्थात सबिधान सभाको चुनाव ६० बर्ष पछी राजा शासनको समुल अन्त्य पछी गरीयो । दुइ दुइ पटक सबिधान सभाको निबार्चन भयो र बल्लतल्ल गरेर नया सबिंधान आएको छ । संविधान अनुसार स्थानिय, प्रादेशिक र संघिय चुनाव सम्पन्न भएर अहिले दुइतिहाइको सरकार बनेको छ ।
हामीले देश बनाउनलाइ राणाहरु अयोग्य छन भनि राणाहरु फाल्यौ । पन्चायत शासनलाइ फ्याक्यौ । २४० बर्षेको राजालाइ जरैबाट उखेल्यौ । २००७ साल, २०४६ साल र २०६२÷६३ का सफल आन्दोलन गर्यौ । ब्यवस्था परिवर्तन गर्यौ । मुलुकलाइ संघिय संरचनामा लग्यौ । तर बिडम्वना २००७ साल देखिका आमजनताका सपना साकार त के आकार सम्म पाएका छैनन । देशमा ३३ किलो सुनकाण्ड, निर्मला हत्याकाण्ड, बाइडबढी जहाज काण्ड लगायत थुप्रौ काण्डहरुमा दोषी पत्ता नलगाउने, लगाए उन्मुक्ती दिने परिपाटीले जनतामा तिव्र निराशा उत्पन्न हुदै गइरहेको छ । भष्ट्रचारमा संसार कै प्रथम हुने दौडमा छ । यी सबै कुराले सहिद सपना मुखमा रामराम बगलीमा छुरा भएको छ । हेक्का रहोस यदी जनताका सपना जुन महानसहिदले बिजारोपण गरेका थिए, ति पुरा गर्न आलटाल गरेर गफगाफ मै दैनिकी बिताउन थाले फेरी जनताहरु जान्नेछन । हाशियार ! शासनको रमझम, बिलासीता र सुविधामा रमाउन थाले, कृष्णले आफ्नो मामा कंसलाइ मिल्काए जस्तै जनताले सत्ताबाट फट्टा गरिदीनेछन । मिल्काइदिनेछन । त्यसैले अव भाषण र गफ भन्दा काम गर्नुपर्छ । अव सपना मात्र बाड्ने होइन । साकार पार्नुपर्छ । सफल बनाउनुपर्छ । सबै नेपालीको मुहारमा खुसी ल्याउनुपर्छ । सम्पन्न र सुखी हुनुपर्छ । तवमात्र सहिदको सपनाको साकार हुनेछ । हामिले चाहेको नया नेपाल बन्नेछ । महान सहिद सबैमा हार्दिक श्रद्धासुमन ।