निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै राँके जुलुश

प्रकाशित मिति:

बझाङ – निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध विद्यार्थीहरुले बझाङकाे सदरमुकाम चैनपुरमा राँके जुलुश प्रदर्शन गरेका छन् ।नेपाली कांग्रेससम्बद्द नेपाल विद्यार्थि संघ बझाङले बुधबार साँझ बझाङ सदरमुकाम चैनपुरमा नाराबाजी गर्दै राके जुलुश प्रदर्शन गरेकाे हाे ।तत्काल पक्राउ गरी सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् । यस्तै संसदबाट प्रतिनिधिसभाबाट पारित भएको स्वास्थ्य विधेक फिर्ता लिनु पर्ने माग पनि उनीहरुले राखेका छन् ।

कांग्रेसकाे केन्द्रीय निर्देशनपछि अहिले जिल्ला जिल्लामा सरकार विराेधी कार्यक्रम भइरहेकाे छ ।समाजमा हिंसात्मक गतिविधि बढेकाे, भ्रटाचार, महंगी मौलाउदै गएको शान्तिसुरक्षाकाे प्रत्याभूति हुन नसकेकाे नेविसंघ बझाङका अध्यक्ष दिपक भण्डारीले बताउनुभयाे ।