सँगै विष खान नमानेपछि युवतीमाथि कुटपिट

१६ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
5 Shares


इलाम / सन्दकपुर गाउँपालिकाको सुलुबुङका एक युवाले आफूसँगै विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी मगरमाथि कुटपिट गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए ।

कुटपिट गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुटपिट गरेको खबर पाएपछि प्रहरी कार्यालय इलाम तथा प्रहरी चौकी बन्दुकेबाट गएको प्रहरी टोलीले सागरलाई पक्राऊ गरेको र घाइते मगरलाई अस्पताल पुर्याएको थियो ।कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल लगिएको छ । कुटपिट गर्ने सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।मगरले आफूसँग भागेर विहे गर्न नमानेपछि कुटपिट गरेको सुवेदीले बताएको प्रहरीले जनाएको छ । सुवेदीको यही माघमा बिहे तय भएको स्थानीय बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस