सुरक्षाको अनुभुति दिलाईदिन कैलालीका जनाताको माग

प्रकाशित मिति:

कैलाली /  कैलालीका पूर्वि दक्षिणी भेगका जनाताले सीमानाकामा भन्सार कार्यालय र सुरक्षाको अनुभुति दिलाईदिन माग गरेका छन् । जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटका स्थानियहरुले छोटी भन्सार कार्यालय पुनःस्थापना र प्रहरी युनिटको स्थापनाको माग गरेका हुन् ।नेपाल पारी भारतीय आधिकारीक कस्टम अफिस रहेपनि नेपालतिर भने माओवादी द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालय र सुरक्षा निकायको उपस्थिति हुन सकेको छैन ।

भारत तर्फ लखिमपुर जिल्लाको तिकुनिया बजार रहेको छ, जहाँबाट दैनिक सयौ नेपालीहरु घरायसी र ब्यापारिक समान लिएर आउँछन् । तर नेपाल तर्फ भन्सार नभएका कारण उनिहरु समस्यामा परेका छन् । आफुले भन्सार तिर्छु भन्दा पनि तिर्न नपाउने अवस्था रहेको भन्दै स्थानियले भन्सार कार्यालय पुनः स्थापना गर्नु पर्ने बताए ।भारत तर्फ रहेको मरियाघाट सदियौदेखि चलिआएको भारतीय भन्सार नाका हो भने नेपाल तर्फ रहेको कुसुमघाट नाकामा छोटी भन्सार कार्यालय रहेको थियो । तर द्वन्द्वपछि विस्तापित भएको भन्सार कार्यालय नहुँदा चोरी निकासीमा बृद्धि भई राजश्व चुहावट भइ रहेको छ ।भन्सार नहुँदा स्थानीयले भारतीय बजारबाट घरायसी प्रयोगका लागि ल्याउने समानहरुमा प्रहरीले अनावश्यक दुख दिने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले केन्द्रिय तहमा भन्सार पुनः स्थापनाको बारेमा आफुले बुझ्ने र पहल गर्ने बताए । उनले सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने आश्वासन समेत दिए ।सदियौ देखिको भन्सार कार्यालय द्वन्द्व कालमा विस्थापीत भई पुनःस्थापना हुन सकेको छैन । स्थानीयहरु भन्सार कार्यालय राख्नुस्, राज्यलाई हामी राजश्व तिर्न तयार छौ भनिराखेका छन् । स्थानीयहरुको यो जायज माग प्रति राज्य उत्तरदायी हुनै पर्छ ।