नेविसंघले निकाल्यो मसाल जुलुस

प्रकाशित मिति:

वीरगन्ज। ओली सरकार विरुद्ध चर्का नारा लगाउदै नेपाल विद्यार्थी संघ नेविसंघ पर्साले बुधबार बेलुका वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ। नेविसंघ पर्साका अध्यक्ष विश्वास रन्जन दिवेद्वीको नेतृत्वमा वीरगन्जको घण्टाघर चोकबाट निकालिएको मशाल जुलशले नगर परिक्रमा गरेको हो । मुलुकमा बढ्दै गएको हत्या हिन्सा बलात्कार भ्रष्टाचार, महँगाईलाई रोक्न वर्तमान सरकार असक्षम सावित हुँदै गएको र चिकित्सा शिक्षा विधेयकमार्फ ओली सरकराले शिक्षा माफियाहरुलाई फाइदा पुर्‍याएको विरोधमा मसाल जुलुस निकालिएको अध्यक्ष दिवेद्वीले जानकारी दिए । उनले आम नेपाली जनताको सन्तानको भविष्यका लागि सत्याग्रह गरि रहेका डां गोविन्द केसीसँग गरेका सहमतिलाई समेत सरकारले उलंघन गरी उनको प्रणसंग खेलवाड गरेकाले सोको विरोधमा पनि आफुहरुको जुलुस निकालेको बताए । मुलकमा बढ्दै गएको बलात्कारका घटनाले नेपाली छोरी चेलीहरुलाई असुरक्षित बनाएको र बलात्कारीहरुलाई सरकारले नै संरक्षण दिइ सुरक्षा व्यवस्थालाई कमजोर बनाएकोले नेपाली दिदी बिहनीहरुको सुरक्षाकालागि समेत आफुहरुको संर्घष रहेको नेविसंघका नेता कार्यकर्ताहले बताएका छन् । मसाल जुलुसलाई रोक्न स्थानिय प्रशासनले वीरगन्जका मुख्य चोकहरुको उलेख्य संख्यामा सुरक्षाकर्मी परिचालित गरेको थियो । मसाल जुलुस निकालेका विद्यार्थीहरुको हातबाट प्रहरीले मशाल खोसन खोज्दा केहिवेर सामान्य झडप समेत भएको थियो ।