भारतीय गायिका शिवानीको मृत्यु

प्रकाशित मिति:

चर्चित पप गायिका शिवानी भाटियाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति सडक दुर्घटनामा परि भारतीय चर्चित पप गायिका शिवानी भाटियाको मृत्यु भएको हो । उक्त सडक दुर्घटनामा उनका पति गम्भिर घाइते भएका छन् । प्रहरी र स्थानीयले शिवानी र उनका पतिलाई कारबाट बाहिर निकालेर अस्पताल भर्ना गराएका हुन् । तर शिवानीको उपचारका क्रममा अस्पतालमा नै ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शिवानीका पतिको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।