कांग्रेस निकट बुद्धिजिवीले डा. केसीको समर्थनमा आन्दोलन चर्काउने

प्रकाशित मिति:

काठमाडौं–  डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा विभिन्न पेशागत संघसंस्थाले प्रदर्शन गर्ने भएका छन् ।कांग्रेस निकट लोकतन्त्रवादी पेशागत संघसंस्थामा आवद्ध बुद्धिजिवीहरुले दिउँसो १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनमा डाक्टर, प्राध्यापक, इन्जिनियर, विद्यार्थी लगायतको सहभागिता रहने छ ।

डाक्टर केसीका मागमा समर्थन जनाउँदै प्रदर्शन गर्न लागिएको प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा।केदारनरसिंह केसीले बताए । माइतीघर मण्डलाबाट सुरु हुने प्रदर्शन बवरमहल हुँदै नयाँवानेश्वरमा पुगेर कोणसभामा परिणत हुनेछ । डाक्टर केसीको समर्थनमा विगत केही दिनदेखि नेपाल चिकित्सक संघ र आवाशिय चिकित्सक संघले विभिन्न बिरोधका कार्यक्रम गर्दै आएका छन् ।