अमेरिकामा अत्यधिक जाडोका कारण ८ जनाको मृत्यु

प्रकाशित मिति:

अमेरिका — आकर्टिक वायुका कारण अमेरिकाको मिडवेस्ट क्षेत्रमा बुधवार तापक्रम कीर्तिमान रूपमा घटेको छ । पोलर भोर्टेक्स भनिने आर्कटिक वायुले मिडवेस्टका बासिन्दालाई अत्याएको छ । बुधवार बेलुकासम्ममा वायुका कारण कम्तीमा आठजनाको मृत्यु भएको बताइएको छ । इलिनोईमा घर जान लागिरहेका एक वृद्ध व्यक्ति चिसोका कारण बाटैमा लडेको धेरै समयपछि सडकमा मृत अवस्थामा भेटिएका थिए । आयोवा विश्वविद्यालयका एक विद्यार्थी बिहान हुनुभन्दा लामो समयअघि एकेडमिक हलमा मृत भेटिएका थिए । शिकागोमा एकजना व्यक्ति हिउँ हटाउने यन्त्रले ठोकिएर मरेका छन् भने एक जोडीको एसयूभी गाडी उत्तरी इन्डियानाको हिउँले ढाकेको सडकमा अर्को गाडीसँग ठोकिएको थियो ।

अनि मिलवाउकीका एक व्यक्ति गराजमा जमेर मरेको अवस्थामा फेला परेको अधिकारीहरूले बताए ।  शिकागो लगायतका स्थानमा बुधवार र बिहीवार धेरै शहरमा कक्षाहरू रद्द गरिए । प्रहरीले हिउँले ढाकिएका राजमार्गमा गाडी नचलाउन चेतावनी दिएको छ ।  शिकागोमा तापक्रम माइनस ३० सेल्सियसम्म झरेको छ ।  द गार्डियनबाट