यौन अखडामा बेचिएका ५ नेपाली चेलीको उद्धार

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
8 Shares


नयाँ दिल्ली – भारतको उत्तर प्रदेशस्थित आग्राको यौन अखडामा बेचिएका ५ नेपाली चेलीको उद्धार गरिएको छ । नयाँ दिल्लीनजिकै पर्ने आग्राबाट भारतीय प्रहरीले गिरफ्तार गरेका ती किशोरीलाई नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा बुधवार दिल्लीस्थित नेपाली दूतावासमा ल्याइएको छ ।

अवैध यौन गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको थियो । अदालतको आदेशपछि प्रहरीले ती किशोरीलाई नेपाली पक्षको जिम्मा लगाएको हो । उद्धार गरिएका सबै १७ वर्षमुनिका किशोरी छन् । उद्धार गरिएकामध्ये ३ जना सिन्धुपाल्चोक र २ जना नुवाकोटका छन् । ती किशोरीलाई बिहीवार नेपाल लगेर आफन्तको जिम्मा लगाउने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया