सपनामा देखिएको भैरवको मूर्ति विपनामै यसरी भेटियो कमेन्ट मा ॐ लेख्नुहोस् तपाईको दिन शुभ रहनेछ !

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
2K Shares


सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य विपनामा परिणत भएको छ ।फैटोका गणेश मन्दिरका पुजारी शंकर श्रेष्ठ मन्दिरमै सुतेका थिए । ‘विहान पौने १ बजे सपना देखे । उठेर सपनामा देखिएको ठाउँमा पुगेर त्यहाँको माटो उठाए । फेरि मन्दिरमै गएर सुते । विहान उठदा ६.३० बजिसकेको रहेछ’, पुजारी शंकर श्रेष्ठले भने,‘मैले यस्तो सपना देखेको कुरा गाउँमा बताए।

तर, कसैले पत्याएनन् । मैले सपनामा जस्तो दखेको थिए, त्यस्तै मूर्ति भेटियो।’ शंकरले बिहान ओसीआरसीको आँगनमा पर्ने वारीमा आएर पूजा गर्न थाले ।पूजा गरेर उन ले मूर्तिको खोज्ने भन्दै खन्न थाले । वरिपरिका छिमेकीलाई पनि उन ले त्यहाँ मूर्ति भेटिएला भन्ने लागेको थिएन। उन ले बिहानभरी खन्दा नभेटिएपछि खाना खाएर आएर पुन खन्न थाले । खन्दै जाँदा जहाँनेर पूजा गरिएको थियो, त्यहिनेर मूर्ति भेटिएको हो । मूर्ति भेटिएपछि वरिपरिका छिमेकीहरुको त्यहाँ भिड नै लाग्यो । छिमेकी प्रकाशबहादुर खड्का अनुसार केही दिन भैरवको मूर्ति भेटिएको ठाउँमा मध्यरातमा टपरी आकारमा वत्ती बलेको देखिएको थियो।त्यही ठाउँमा भैरवको मूर्ति भेटिएको हो । मूर्ति भेटिएको जग्गा पहिले शंकरकै पिताको घर थियो । त्यो घरको भग्नावशेष अहिले पनि देखिन्छ । शंकरका पिता ८१ वर्षको थिए । पिताले पनि आफूलाई केही नभनेको शंकरले बताए । त्यो जग्गा उन का पिताले पाँच वर्ष अघि नै अरुलाई नै बेचिसकेको छ ।

छिमेकी शान्ति खड्काका अनुसार गणेशमन्दिरबाट हराएको मूर्ति नै त्यहाँ फेला परेको हो । ‘गणेशमन्दिरबाट पहिले नै भैरवको मूर्ति हरायो भन्ने सुनेका थियौ,सायद त्यही मूर्ति यहाँ फेला परेको हुन सक्छ,’ उन ले भने ।शंकरका अनुसार पिताले ढोकाको दाँयाबायाँ भैरवको मूर्ति राखेको सुनिएको थियो। ‘तर पछि त्यो मूर्ति कता पुग्यो, कसैले खोजी गरेनन्,’शंकरले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • वालिङ जेसीजद्धारा कोरोनकोषमा सहयोग हस्तान्तरण
  • प्रतापपुरको वडा न ७ द्वारा २सय २० घरधुरीलाई राहात बितरण
  • बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण
  • नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग
  • बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण
  • फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध…
  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…