संसदमा प्रधानमन्त्रीका लागि मिनेन्द्रले रचे नयाँ गीत !

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीवारको बैठकको शुरूमा समय लिएर बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री अधिनायकवादी बाटोमा हिँड्न खोजेपनि कांग्रेसले त्यसो हुन नदिने बताए । ‘एउटा गीत छ– नयाँनयाँ जवानी छ, नयाँनयाँ रंग…। प्रधानमन्त्रीजी आफ्नो रूप हेरी आफैं दंग हुनुहुन्छ । हरेक दिन ऐनामा हेरेर क्या गज्जब छु म ! क्या गज्जबसँग देश चलाइरहेको छु मैले !’, प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै रिजालले भने, ‘यो बाटोबाट चल्दैन । लोकतन्त्रको बाटो होइन यो ।’

रिजालले भने, ‘हरेक अधिनायकवादीको इतिहास हेरौं । आफ्नो रूप हेरेर दंग पर्नेहरू अन्ततः अधिनायकवाद लिएर आएका छन् । सरकारलाई अधिनायकवादी बाटोमा हिँड्न हामी दिँदैनौं ।’

थप समाचार