हुन्डाईको विद्युतीय कार ‘कोना ईभी’ नेपाली बजारमा

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
8 Shares


काठमाण्डौ – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रा।लि।ले नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च गरेको छ ।बिहीबार काठमाण्डौमा एक कार्यक्रमका बीच हुन्डाईको ‘कोना ईभी’ नामक नयाँ इलेक्ट्रिक गाडी लन्च गरिएको हो । वातावरणमैत्री सवारी साधन उत्पादनमा जोड दिने नीति अन्तरगत नयाँ मोडलको हुन्डाई गाडी कोना ईभी भित्र्याइएको कम्पनीका सेल्स म्यानेजर दिवाकर रेग्मीले जानकारी दिनुभयो ।

चार फरक–फरक रंगमा रहेको त्यो गाडीको ३ वर्ष वारेन्टी तोकिएको छ भने ब्याट्रीको वारेन्टी १२ वर्ष रहेको छ । ५१ लाख ९६ हजार मूल्य रहेको त्यो गाडी हालसम्मकै सबैभन्दा अत्याधुनिक प्रविधिको गाडी भएको दावी पनि गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया