काठमाडौं जिल्ला अदालतका नायब सुब्बा ५ लाख घुसहित पक्राउ

प्रकाशित मिति:

काठमाडौं । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।