नेकपा नेता नेपाल लाओस प्रस्थान

प्रकाशित मिति:

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस प्रस्थान गरेका छन् । लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन् ।

नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओस दुई देशबीच सम्बन्ध सुधार गर्ने विषयमा छलफल हुने स्वकीय सचिव गौतमले बताए । प्रतिनिधिमण्डल यही माघ २२ गते स्वदेश फर्किने कार्यसूची छ ।