यसरी थाहा पाउन सकिन्छ गर्भवती भएको

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
34 Shares


बुटवल- गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनुलाई मानिन्छ । गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ । महिला आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ ।

गर्भ रहेको सुरुसुरुमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण देखा पर्छ । गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानको समयमा ज्वरो आउने पनि हुन सक्छ । गर्भ रहेको सुरुवाती समयमा करिब ८५ प्रतिशत महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लागिरहने हुन्छ । गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ । यो रातको समयमा बढी हुन्छ ।

गर्भावस्थामा रक्तचाप कम हुने भएकाले रिंगटा लाग्ने हुन्छ । गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ । यो वेला हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन सुरु गर्ने चिकित्सकहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस