युएईले नेपाल सामु दियो एक सय ५४ रनको लक्ष्य

प्रकाशित मिति:

काठमाडाैं – युएईले नेपाल सामु एक सय ५४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको हो । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए । युएईका लागि साइमान अनवरले सर्वाधिक ५९ रन जोडे । यस्तै महोम्मद उस्मानले ३० रन, महोम्मद बुटाले २० रन र सिपी रिजवानले २२ रनकाे योगदान गरे ।

यसअघि नेपालले कप्तान पारस खड्काको शतकीय इनिङमा युएईविरुद्धकाे तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै एकदिवसीय सिरिज २–१ ले जितेकाे थियाे । पहिलो एकदिवसीय खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो ।