आफ्नै खुट्टामा आफैले बन्चरो : खुस्किने भो कानुनमन्त्री तामाङको पद

प्रकाशित मिति:

काठमाडौं/आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिन प्रधानमन्त्रीले निर्देशन दिएकाछन् । संभवत उनले आज दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा दिने छन्।

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यता रहेको आफूले सुनेको बताएका थिए । उनको यो अभिव्यक्तिको स्वास्थ्यकर्मी विद्यार्थी, नागरिक समाजलगायतले चर्को विरोध गरेका थिए । उनको अभिव्यक्तिको सामाजिक संजालमा पनि चर्को विरोध भएको थियो ।

तामाङको राजीनमाका विषयमा पार्टी भित्रै चर्को दवाव परेको स्रोतले जनाएको छ । उनलाई राजीनामा गराउने बारेमा नेकपाको सचिवालय बैठकमा समेत छलफल भएको एक नेताले जानकारी दिए । माधव नेपाल निकट मानिने तामाङलाई हटाउने विषयमा नेता नेपाल आफैले चासो राखेको पनि स्रोतले जनाएको छ ।