तिलोत्तमा जेसिजको पदसथापन सम्पन्न

प्रकाशित मिति:

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेता डा.चन्द्र भण्डारीले नेपालको विकासमा विश्वब्यापीकरण, प्रविधी चुनौतीका रुपमा देखापरेको बताएका छन । शिक्षा, स्वस्थ्य, विकासको परिवर्तनमा समस्या आईपरेको भन्दै उनले समाजमा अब यसलाई आत्मसात गर्न नसकेको पछि परिने उनले धारणा छ । तिलोत्तमा जेसीजको पदस्थापन समारोहमा बोल्दै नेता भण्डारीले दुई छिमेकी देशहरु चीन र भारत प्रविधीमा अघि रहेको तर नेपाल फेशन र नक्कलमा अडकिरहेको भन्दै त्यो नक्कल चोर्न अक्कलको समेत कमीको कारण नेपाल पछि परेको बताए ।

नेपाल जेसीजको राष्ट्रिय कार्यकार्यरणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले ब्यक्तित्व र नेतृत्वमा अग्रसर गराउदै उद्यमशिल बनाउने लक्ष्यसहित नेपालमा जेसीज स्थापना भएर निरन्तर काम गर्दै आएको बताए । रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्सालले विधीको शासनलाई जेसीजको मुलमन्त्र भएको बताए । नेपाली काग्रेस बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेले राम्रो काम गर्न सक्ने वा गर्ने कुरा प्रतिस्प्रर्धाको विषय भएको बताए । नेकपा तिलोत्तमा नगरका अध्यक्ष मोहन चापागाईले देशमा छिमेकी देशहरुमा राजनीतिक परिवर्तन भएपछि ठुलो आर्थिक उपलब्धि हासिल गरेको भन्दै नेपालका राजनीतिक दलले पाठ सिकेर आर्थिक विकासमा लाग्न जरुरी रहेको बताए ।अध्यक्ष ईश्वर पाण्डेले नवनिर्वाचित अध्यक्ष जयप्रकाश भट्टराईलाई पदस्थापन गरेका छन ।