किशोरीहरुलाई आत्मरक्षा तालिम

प्रकाशित मिति:

किशोरीमाथि हुँदै आएको हिंसा न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले तुलसीपुरमा आत्मरक्षा तथा प्रतिकार तालिम प्रदान गरिएको छ । हेल्पिङ हेन्डस दाङले विहीवार तुलसीपुरमा झन्डै तीन सय जति विभिन्न कलेजहरुमा अध्यनरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको हेन्सडसका जिल्ला सचिव राज आचार्यले जानकारी दिए । किशोरी क्षमतावान र सक्षम नहुँदासम्म हिंसा नरोकिने हुँदा उनीहरुमा विश्वासको जागृत गराउन तालिम दिएको प्रशिक्षक निरज न्यौंपानेले बताए । जागृति बाल तथा युवा सरोकार नेपाल, गल्र्स किकले राष्ट्रिय यु्वा परिषद, एस.डि.जी स्टुडियो र हेल्पिङ हेन्डस दाङको सहकार्यमा तुलसीपुरको अरनिको मैदानमा तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक सालिकराम गौतमले जानकारी दिए । मार्सल आर्टका खेलाडी निकेश तामाङले किशोरीहरुलाई अप्ठेरो अबस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्ने वारे तालिम दिएका थिए । तालिम पछि किशोरीहरुले आफुहरुमा आत्मविश्वास जागृत भएको प्रतिक्रिया दिएका थिए ।