सिद्धार्थ बैंक रुपन्देहीको सौ फर्साटिकर शाखाबाट अत्याधुनिक ए टि एम सेवा सुरु

प्रकाशित मिति:

वुटवल \ सिद्धार्थ बैंक लि. ले रुपन्देहीको सौ फर्साटिकर शाखाबाट अत्याधुनिक ए टि एम सेवा सुरु गरेको छ । आज एक कार्यक्रमका बिच शाखा प्रन्धक अर्जुन गौतम ले सो ए टि एम सेवाको सुचारु गर्नु भएको छ । सौ फर्साटिकर शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल सम्म देश भरि बैंकको १३० वटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । रुपन्देहीको सौ फर्साटिकरमा अत्याधुनिक ए टि एम सेवा सुचारु भएपछी स्थानीयलाई सहज हुने वैकले जनाएको छ ।